Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

एकताको २० दिन नबित्दै प्रदीपले रोजे एमाले, वीरगञ्ज महानगर प्रमुखले पनि छाडे जसपा

spot_img

काठमाडौं । पूर्वमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) नेपाल छाड्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। यादवसँगै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पनि सोमबार एमालेमा आबद्ध भएका छन्।

जसपा नेपालभित्र हालै भएको पार्टी एकीकरणपछि २० दिन पनि नबित्दै प्रदीपले पार्टी परिवर्तन गरेका हुन्। पुस १४ गते अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष रेणु यादव समूहबीच एकताको सहमति भएको थियो। त्यसअघि प्रदीप जसपा नेपालमै सक्रिय थिए।

पर्सा क्षेत्र नम्बर १ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित यादव २०७९ सालको निर्वाचनमा २२ हजार ५ सय ३७ मत प्राप्त गरी विजयी भएका थिए। उक्त निर्वाचनमा उनी जसपा नेपालकै उम्मेदवार थिए। २०८१ वैशाखमा पार्टी विभाजन हुँदा उनले अशोक राई समूहलाई साथ दिँदै जसपामा गएका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट उम्मेदवार बन्ने तयारीका लागि उनी एमाले प्रवेश गरेको चर्चा चलिरहेको छ। सोमबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव, वीरगञ्ज महानगर प्रमुख सिंह लगायतलाई पार्टीमा स्वागत गरेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा नगर प्रमुख बन्ने उद्देश्यले राजेशमान सिंहले सुरुवाती रूपमा एमाले रोजेका थिए। उनले २०७८ माघ २८ मा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेको घोषणा गरेका थिए। तर पछि सिंह जसपा नेपालबाट वीरगञ्ज महानगर प्रमुखको उम्मेदवार बने।

उक्त निर्वाचनमा सिंहले ४६ हजार २ सय १५ मत ल्याएर नगर प्रमुखमा विजयी हुँदा एमाले उम्मेदवार विजय कुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय