काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन थालेको छ। यसपटक रास्वपाले आन्तरिक प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) प्रक्रिया स्थगित गर्दै सचिवालय तहका नेताहरूको छलफलबाट उम्मेदवार चयन गरेको हो।
यसअघि समानुपातिकतर्फ उम्मेदवार छान्दा प्राइमरी इलेक्सन अपनाइएको थियो। तर धेरै मत ल्याएका आकांक्षीहरू अन्तिम सूचीमा अपेक्षित स्थानमा नपरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएपछि प्रत्यक्षतर्फ फरक विधि अपनाइएको बताइएको छ।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति डिपी अर्यालसहित शीर्ष नेताहरूको उम्मेदवारी निश्चित गरिएको छ। लामिछाने चितवन–२, बालेन शाह झापा–५ र डिपी अर्याल काठमाडौं–९ बाट चुनावी मैदानमा उत्रने भएका छन्।
यसअघि नै सातै प्रदेशका सभापतिलाई उम्मेदवार बनाउने सैद्धान्तिक निर्णय पनि रास्वपाले गरिसकेको छ।
यी हुन् हालसम्म टुंगिएका रास्वपाका उम्मेदवारहरू
कोशी प्रदेश
ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
झापा–१ – निशा डाँगी
झापा–२ – इन्दिरा रानामगर
झापा–३ – प्रकाश पाठक
झापा–४ – शम्भु सुस्केरा
झापा–५ – बालेन शाह
मोरङ–३ – गणेश कार्की
ओखलढुंगा – विश्वराज पोखरेल
उदयपुर–२ – सूर्यबहादुर तामाङ
बागमती प्रदेश
काठमाडौं–६ – शिशिर खनाल
काठमाडौं–७ – गणेश पराजुली
काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
काठमाडौं–९ – डिपी अर्याल
नुवाकोट– १– डा. बिक्रम तिमिल्सिना
नुवाकोट–२ – डा. अच्यूतम लामिछाने
चितवन–१ – हरि ढकाल
चितवन–२ – रवि लामिछाने
चितवन–३ – सोबिता गौतम
नवलपुर–१ – राजन गौतम
कर्णाली प्रदेश
जुम्ला – बिनिता कठायत
सुदूरपश्चिम प्रदेश
बाजुरा – हेमराज थापा
कञ्चनपुर–१ – जनकसिंह धामी
कञ्चनपुर–२ – दीपक बोहरा
कञ्चनपुर–३ – ज्ञानेन्द्र महतारा
कैलाली–१ – कोमल ज्ञवाली
कैलाली–३ – लक्ष्मण थारू
कैलाली–४ – हरि रेग्मी
कैलाली–५ – आनन्द चन्द
लुम्बिनी प्रदेश
बाँके–३ – खगेन्द्र सुनार
दाङ–२ – विपिन आचार्य
रुपन्देही–३ – डा. लेखजंग थापा
गण्डकी प्रदेश
कास्की–२ – उत्तम पौडेल
स्याङ्जा–१ – धनञ्जय रेग्मी



