Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

वीरगञ्जमा बलिदानी दिवसकै दिन मधेश आन्दोलनका सहिदहरूकाे अपमान, स्मारक सुनसान

spot_img

वीरगञ्ज, ५ माघ – मधेश आन्दोलनका सहिदलाई सम्झिने बलिदानी दिवसकै दिन वीरगञ्जमा घोर लापरवाही र अपमानजनक अवस्था देखिएको छ। हरेक वर्ष औपचारिक कार्यक्रमसहित मनाइने बलिदानी दिवस यस वर्ष भने कुनै पनि संघ–संस्था, राजनीतिक दल वा स्थानीय सरकारको उपस्थितिविना बितेको छ।

वीरगञ्जको घण्टाघरस्थित सहिद पार्क दिउँसो १ बजेसम्म बन्द रहेकाे छ । सहिदको सालिकमा माल्यार्पण त परै जाओस्, सामान्य सरसफाइसमेत नगरिएको अवस्थामा स्मारक उपेक्षित देखियो। स्मारकको मुख्य गेटमा ताल्चा लागेको थियो भने त्यसको साँचो कहाँ छ भन्ने विषयमा समेत स्थानीयलाई जानकारी नभएको उनीहरूले बताए।

स्थानीयका अनुसार, मधेशी सहिदको नाम बेचेर नेता बनेकाहरू टिकटको लागि काठमाडौं धाइरहदा बलिदानी दिवसमा सहिदलाई सम्झिने जिम्मेवारी कसैले लिएन। कुनै राजनीतिक दल, सामाजिक संस्था वा स्थानीय प्रशासनबाट समेत कुनै औपचारिक कार्यक्रम आयोजना नगरिनु सहिदप्रतिको खुला अपमान भएको उनीहरूको भनाइ छ।

एक आगन्तुकले बलिदानी दिवसकै दिन सहिद स्मारक सुनसान हुनु दुःखद र लज्जास्पद भएको बताए। न त स्थानीय सरकारको उपस्थिति देखियो, न त प्रशासनले कुनै श्रद्धाञ्जली कार्यक्रम नै गर्‍यो। अघिल्ला वर्षहरूमा यही स्मारकमा औपचारिक श्रद्धाञ्जली सभा, माल्यार्पण र स्मरण कार्यक्रम हुने गर्थ्यो।

एक दिन भए पनि सहिदलाई सम्झने गरेकाे मधेशवादी दलका नेताहरूको समेत उपस्थिती नदेखिनु मधेश आन्दोलनप्रति बढ्दो बेवास्ताको स्पष्ट संकेत भएको स्थानीयको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय