Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

पर्सामा ६२ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा

spot_img

पर्सा,०५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७ मतदानस्थलमध्ये ६२ वटालाई ‘अतिसंवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको छ। बाँकी ८५ वटा मतदानस्थललाई संवेदनशील र २० वटालाई सामान्य सूचीमा राखिएको छ।

निर्वाचन क्षेत्र अनुसार पर्सामा मतदानस्थलको संख्या फरक-फरक छ। क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल तोकिएका छन्। जिल्लाभर कुल ४४१ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहनेछन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीच समन्वय र मतदानस्थलको निरीक्षण कार्य भइरहेको छ।

निर्वाचनको तयारी स्वरूप गत माघ २ गते नै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। ती कार्यालयहरूको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर गस्ती र निगरानी बढाइएको छ।

पर्सा जिल्लामा यसपटक कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। जसमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेका छन्। मतदाताको चाप र भौगोलिक संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन र व्यवस्थापन मिलाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय