काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। स्रोतका अनुसार, उनी केहीबेरमा मन्त्री पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका छन्।
ललितपुर बालकुमारीका स्थायी बासिन्दा खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन्। उनी ललितपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने स्रोतले जनाएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खरेल सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी थिए। सरकारमा रहँदा रास्वपा–मैत्री भूमिका निर्वाह गरेको आरोप लागेका खरेललाई प्रधानमन्त्री कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन्। यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले र उर्जामन्त्री कुलमान घिसिङले समेत राजीनामा दिइसकेका छन्।



