Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

पर्सा – १ मा रास्वपाबाट शम्भु गुप्तालाई उम्मेदवार बनाउने तयारी !

spot_img

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शम्भु प्रसाद गुप्तालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको रास्वपाले अन्ततः गुप्ताको नाममा सहमति जुटाएको पार्टी स्रोतले जनाएको छ।

स्रोतका अनुसार गुप्ता हाल जनकपुरधाममा रहेका छन्, जहाँ उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग उम्मेदवारीबारे अन्तिम छलफल गरिरहेका छन्। यसअघि अजय द्विवेदीलाई उम्मेदवार बनाउने प्रयास भए पनि सहमति नजुटेपछि पार्टीले गुप्तालाई अघि सार्ने निर्णय गरेको बताइएको छ।

नेकपा (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गर्न लागेका गुप्ता यसअघि प्रदेशसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका थिए। व्यावसायिक पृष्ठभूमिका गुप्ता वीरगञ्ज महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन्। रास्वपाले औपचारिक घोषणा भने अझै गरेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय