Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

३ बजेसम्म देशभर १,२१४ जनाको उम्मेदवारी दर्ता

spot_img

काठमाडौं,०६ माघ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया देशभर जारी छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ६५९ जनाको मनोनयन रुजु भइसकेको छ भने ५५५ जनाको रुजु प्रक्रिया बाँकी छ। देशका सबै १६५ निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भइरहेको आयोगले जनाएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन प्रक्रिया यसअघि नै पुस १३ र १४ गते सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन आज भइरहेको हो।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले उम्मेदवारी दर्ताका क्रममा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। साथै, उम्मेदवारको नाम सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको प्रमाण अनिवार्य गरिएको छ।

सरकार वा सरकारी स्वामित्वका संस्थामा बहाल रहेका उम्मेदवारले सम्बन्धित पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ। प्रतिनिधिमार्फत मनोनयन दर्ता गर्नुपर्ने अवस्थामा प्रतिनिधि तोकिएको फारम अनिवार्य गरिएको छ।

प्रचलित कानुनअनुसार उम्मेदवारले सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षरसहित मनोनयन पत्र पेस गर्नुपर्ने व्यवस्था छ। दलका तर्फबाट उम्मेदवारी दिइएको अवस्थामा दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी औपचारिक मनोनयन पत्र अनिवार्य हुनेछ।

उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोगले जनाएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।

त्यसैगरी उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र तथा चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋणपत्र र ऋण–उधारोसमेतको विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ। निर्वाचन निर्देशिका अनुसारको वैयक्तिक विवरण फाराम पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय