Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

पर्सा–१ र २ मा जसपा नेपालका यादव र टेमानीको मनोनयन दर्ता

spot_img

बीरगन्ज,०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रामनरेश यादव र क्षेत्र नम्बर २ मा अशोक टेमानीले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार बीरगन्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै नेताले आ–आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्सा–१ का उम्मेदवार तथा जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले पार्टी सुरुदेखि नै जनताको हकहित र मधेसका अधिकारका लागि संघर्ष गर्दै आएको बताए। जेन–जी युवाहरूले उठाएका मागहरू जसपाले पहिलेदेखि नै उठाउँदै आएको दाबी गर्दै उनले युवा र आम मतदाताले पार्टीको चुनाव चिह्न ‘छाता’मा मतदान गर्ने विश्वास व्यक्त गरे।

यादवले संघीयताको रक्षा र मधेसका बाँकी अधिकार स्थापित गर्न जसपा नेपाललाई मतदान गर्न मतदातासँग आग्रह गरे। साथै उनले यसअघि पर्सा–१ बाट निर्वाचित सांसदले जनताको पक्षमा काम नगरी अधिकांश समय मन्त्रालय केन्द्रित गतिविधिमा बिताएको आरोप लगाए।

यसैगरी पर्सा–२ बाट उम्मेदवारी दिएका उद्योगी तथा जसपा नेपालका केन्द्रीय सदस्य अशोक टेमानी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका हुन्।

जसपा नेपालले पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको जनाएको छ। पार्टीका अनुसार पर्सा–१ बाट जिल्ला अध्यक्ष रामनरेश यादव, पर्सा–२ बाट अशोक टेमानी र पर्सा–४ बाट शिक्षाविद् डा. कृपासिन्धु चौधरी उम्मेदवार चयन भएका छन्। डा. चौधरी हालै नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका थिए।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार भने भोलि टुंगो लाग्ने पार्टीले जानकारी दिएको छ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको आयोगले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय