Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट ५३८ सवारी साधन सहयोग

spot_img

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी साधन अनुदानस्वरूप उपलब्ध गराएको छ। यसका साथै सुरक्षा निकायका लागि गैरघातक किसिमका भिड नियन्त्रण सामग्रीसमेत सहयोग गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भारतबाट प्राप्त सवारी साधनमध्ये पहिलो चरणमा करिब १०० वटा सवारी साधन काठमाडौं आइपुगेका छन् भने बाँकी सवारी साधनहरू क्रमशः नेपाल भित्रिने क्रममा छन्। सहयोगस्वरूप प्राप्त सवारी साधनहरूमा जिप र ट्रकलगायत विभिन्न प्रकारका सवारी साधन रहेका छन्।

काठमाडौं आइपुगेका सवारी साधनहरू मंगलबार नेपालस्थित भारतीय राजदूतावासले गृहमन्त्री ओमप्रकाश अर्याललाई औपचारिक रूपमा हस्तान्तरण गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।

गृह मन्त्रालयका अनुसार यी सवारी साधन र सामग्री निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन, मतदान सामग्री ढुवानी तथा निर्वाचन सम्बन्धी कार्यलाई सहज बनाउन प्रयोग गरिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय