सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। नेतारकार्यकर्ताको जुलुससहित सिंह राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
सिंहले केही दिनअघि जनमत पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएपछि आफ्नै भाइ सत्यवान सिंह संयोजक रहेका स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन्। उनका प्रस्तावक रामकुमार राय र समर्थक रविनकुमार सिंह रहेका छन्।
सिंह यसअघि २०७९ सालको निर्वाचनमा जनमत पार्टीबाटै सप्तरी–२ प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएका थिए। सो निर्वाचनमा उनले १६,४३४ मत प्राप्त गरेका थिए।
सप्तरी–२ क्षेत्रमा हाल ५६,४०० पुरुष, ४९,५२० महिला र २ अन्य गरी कुल १,०५,९२२ मतदाता रहेका छन्। निर्वाचन आयोगका अनुसार यी मतदाताबीच सिंहले आफ्नो चुनावी अभियानमा विशेष ध्यान दिने तयारी गरेका छन्।



