बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा गरी कुल ११२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै उम्मेदवारी बारा क्षेत्र नम्बर ४ मा ३९ जना र क्षेत्र नम्बर ३ मा पनि ३९ जनाको परेको छ। यस्तै, क्षेत्र नम्बर २ मा २९ जना र क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दिएका छन्।
चारै क्षेत्रमा राजनीतिक दलका उम्मेदवारसँगै ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारको सहभागिता देखिएको छ। निर्वाचनका लागि क्षेत्र नं. १ कोल्हवी, २ बरियारपुर, ३ कलैया र ४ जीतपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।



