Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली

spot_img

झापा,०७ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। गृह जिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन तथा राजनीतिक कार्यकर्ताका घर–कार्यालय जलाउने गतिविधि पूर्ण रूपमा आपराधिक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “अपराधलाई कुनै पनि बहानामा स्वीकार गर्न सकिँदैन। अपराध नियन्त्रणमा नलिएसम्म देश शान्तिपूर्ण र बस्नलायक बन्न सक्दैन।”
उनले अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने स्पष्ट पार्दै वर्तमान सरकारले अपराधीलाई संरक्षण गर्न खोजेको आरोप पनि लगाए।

ओलीका अनुसार वर्तमान अन्तरिम सरकार देश जलाउने तत्वहरूप्रति नरम देखिएको छ, जसका कारण अपराधीमाथि कारबाही गर्न हिचकिचाइरहेको अवस्था छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्न सोमबार झापा पुगेका ओलीले बुधबार बिहानैदेखि आन्दोलनबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय