काठमाडौँ,०७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा बिहीबार मात्रै जाने तयारीमा रहेका छन्। मंगलबार उनले मधेस प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा जाने सम्भावित कार्यक्रम बनाइरहेका छन्। ‘भोलि मात्रै उम्मेदवारी दिएको क्षेत्रमा जाने कि भन्ने योजना छ,’ चालिसेले बताए, ‘तर कार्यक्रम अहिलेसम्म पूर्ण रूपमा निश्चित भइसकेको छैन।’
यसअघिका तीन वटा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थापा यसपटक भने मधेस प्रदेशबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सर्लाही–४ बाट उनको उम्मेदवारीलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।



