Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन थापासँग सहमतिमा

spot_img

विराटनगर,०७ माघ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विरोध गर्दै आएका नेता शेखर कोइराला अन्ततः नयाँ नेतृत्वसँग सहमतिमा पुगेका छन्। निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि कोइरालाले कोशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन्।

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि शेखर कोइरालाले पार्टीभित्र इतर धारको नेतृत्व गर्दै आएका थिए। उनले नेतृत्वको आलोचना गर्दै प्रत्येक तहमा आफ्नो समूहको सहभागिता सुनिश्चित गर्न अडान लिँदै आएका थिए। जेन–जी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग अघि सारेका बेला कोइराला मध्यमार्गी भूमिकामा देखिएका थिए। विशेष महाधिवेशन सुरु भएपछि भने उनी देउवासँगै विरोधमा उभिएका थिए।

तर, निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएपछि कोइरालाले नयाँ नेतृत्व स्वीकार गर्दै निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय गरेका हुन्।

कांग्रेस स्रोतका अनुसार मोरङका ६ निर्वाचन क्षेत्रमध्ये कोइराला समूहले ३ क्षेत्रमा टिकट पाएको छ। शेखर कोइराला स्वयं मोरङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार छन्। मोरङ–२ मा डा. मिनेन्द्र रिजाल र मोरङ–३ मा सुनिल शर्मा कोइराला समूहका उम्मेदवार हुन्। मोरङ–४ का उम्मेदवार महामन्त्री गुरुराज घिमिरे भने विशेष महाधिवेशनपछि कोइराला समूहबाट अलग भएका थिए।

इलाम–२ का उम्मेदवार भेषराज आचार्य, झापा–२ की उम्मेदवार सरिता प्रसाईं र झापा–१ का केशवराज पाण्डे पनि कोइरालासँग नजिक मानिन्छन्। सुनसरी–२ का उम्मेदवार राजीव कोइराला र सुनसरी–३ का उम्मेदवार विजयकुमार गच्छदार पनि कोइराला समूहका हुन्।

सुनसरी–३ मा टिकट वितरणका क्रममा विवाद भएको थियो। सुरुमा गगन थापाले बेदप्रकाश गच्छदारलाई टिकट दिएपछि शेखर कोइरालाले आपत्ति जनाएका थिए। पछि पार्टीले निर्णय सच्याउँदै विजयकुमार गच्छदारलाई नै टिकट दिएको कांग्रेस स्रोतले जनाएको छ।

त्यसैगरी भोजपुरका बालकृष्ण थापा, उदयपुर–१ का विदुर बस्नेत र उदयपुर–२ का रामकुमार राई पनि कोइराला समूहका उम्मेदवार हुन्। कोशी प्रदेशका अन्य क्षेत्रमा भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहले पनि सिट भागवण्डा गरेका छन्। मंगलबार उम्मेदवारी दर्ताका क्रममा डा. कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन सहकार्य आवश्यक रहेको बताएका छन्। उनले गगन थापाले वैशाखमा नियमित महाधिवेशन गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै अब पार्टीभित्रका सबै विषय मिलिसकेको दाबी गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय