Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

अदालतका बहस सडकमा ल्याउनु उपयुक्त होइन : रास्वपा सभापति लामिछाने

spot_img

काठमाडौँ,०७ माघ । रास्वपा सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्। जनकपुरबाट पर्सा हुँदै चितवन आएका सभापति लामिछानेले बुधबार अपराह्न काठमाडौं फर्कँदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन्।

उनले जे जस्तो भए पनि अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्ने बताउँदै भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ।’

लामिछानेले आफूमाथि धेरै मुद्दा भएपछि त्यसले मानसिक रूपमा विक्षिप्त बनाउने पनि बताए। उनले भने, ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन। अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन।’ उनले आफू अदालतप्रति आशा र भरोसा राखेर बसिरहेको पनि बताए।

चुनाव विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उनले नतिजा जे आए पनि स्वीकार्ने हिसाबले जानुपर्ने बताउँदै भने, ‘प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्।’ चितवन–२ बाट निर्वाचनमा होमिएका लामिछानेले सिंगो चितवन नै घन्टीमय बनाउन आफू लागेको पनि बताए। उनले भने, ‘चितवनले सुरुवातमै उत्साहपूर्ण संकेत गरेको छ।’

spot_img

ताजा अपडेट

लोकप्रिय