Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

डा. यशोदा रिजाल निलम्बन गर्ने निर्णयमा उच्च अदालत पाटनको रोक

spot_img

काठमाडौं,०७ माघ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई कारबाही गर्ने निर्णयमा उच्च अदालत पाटनले अंकुश लगाएको छ । उपचारसम्बन्धी गलत कागजात बनाएको अभियोगमा दोषी ठहर भएकी डा. यशोदा रिजाललाई दुई महिनाका लागि निलम्बन गर्ने निर्णय काउन्सिलले गरेको थियो । यो निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरकालीन आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएकी डा. रिजाललाई नेपाल मेडिकल काउन्सिलको २४ पुसमा बसेको बोर्ड बैठकले दुई महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा. रिजालको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र दीपक खनालको संयुक्त इजलासले अन्तरकालीन आदेश जारी गरेको हो ।

अदालतको आदेशमा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने अवधि बाँकी रहेको र सोही मुद्दा हाल विचाराधीन अवस्थामा रहेकाले त्यसै फैसलालाई आधार मानी गरिएको निलम्बन तत्काल कार्यान्वयन गर्न नहुने उल्लेख गरिएको छ । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम काउन्सिलको नाममा अन्तरकालीन आदेश जारी गरिएको आदेशमा जनाइएको छ ।

यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ । पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो । त्यही सम्बन्धको लाभ लिँदै दिवाकरले जबर्जस्ती करणी गरेका थिए । महिलाले मुद्दा दायर गरिन् । तर करणी गरेको भनिएको समयमा दिवाकरले आफू नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको भन्दै अदालतमा कागजात पेस गरेका थिए ।

जाँचबुझका क्रममा उक्त कागजात डा. यशोदा रिजालले तयार पारेको पाइएको थियो । उच्च रक्तचापका कारण एक रात अस्पताल भर्ना गरिएको झुटो विवरण बनाइएको अदालतले ठहर गरेको छ । डा. रिजाल खरानीटार अस्पतालको प्रमुख जिम्मेवारीमा थिइन् । दिवाकर उनका बुबा हुन् ।

घटना भएको तीन वर्षपछि जिल्ला अदालतले डा. रिजाललाई एक महिना जेल र ५ हजार जरिबाना तोक्यो । त्यसपछि ६ साउन २०८२ मा महिलाले अदालतको फैसला पेस गर्दै डा. रिजालको लाइसेन्स खारेज गर्न काउन्सिललाई निवेदन पेस गरेकी थिइन् । डा. रिजाल भने अदालतमा मुद्दा चलिरहेको अवस्थामा मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएर अमेरिका लागिसकेकी छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय