Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सप्तरीका चार प्रतिनिधिसभा सिटमा १ सय ४ उम्मेदवार मैदानमा

spot_img

राजविराज,०७ माघ । सप्तरीबाट चार प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनमा १ सय ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट २१ जना, २ बाट ३४ जना, ३ बाट २२ जना र ४ बाट २७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएकामध्ये ५९ जना राजनीतिक दलका छन् भने बाँकी स्वतन्त्र उम्मेदवार हुन् ।

क्षेत्र नम्बर १ बाट ७ जना, २ बाट १४ जना, ३ बाट ८ जना र ४ बाट १३ जना गरी ४५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ बाट जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउत, नेकपा एमालेका निवर्तमान पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साहलगायतको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव, पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलगायतले उम्मेदवारी दिएका छन् । पूर्वसिँचाइ मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट र पूर्वमुख्यमन्त्री सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वसांसदहरू नेपाली कांग्रेसका दिनेशकुमार यादव र नेकपा एमालेका ताराकान्त चौधरीलगायतको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ४ बाट पूर्वसांसद नेपाली कांग्रेसका तेजुलाल चौधरी, जसपा नेपालकी महिला नेतृ डा. वाँबी सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिताराम साहलगायतले उम्मेदवारी दिएका छन् ।

यहाँ २ लाख ३३ हजार ९६ पुरुष, २ लाख १३ हजार २८३ महिला र २३ अन्य गरी कूल ४ लाख ४६ हजार ४०२ मतदाता छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय