Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

निर्वाचन अवधिभर सोशल मिडिया निगरानी कडा गर्ने सरकारको निर्णय

spot_img

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र गलत सूचना नियन्त्रण गर्न सरकारले निगरानी कडा गर्ने भएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो।

बैठकमा सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिभर सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने रिपोर्ट प्रस्तुत गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। समितिले गैरकानुनी गतिविधि भए कडाइका साथ कारबाही गर्ने निर्णय पनि गरेको छ।

बैठकमा यसअघि पारीत र कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अन्तर्गत चारवटा मुख्य सुरक्षा निकायले गरेका तयारी, जनशक्ति परिचालन, बन्दोबस्ती योजना र जिम्मेवार निकायहरूको कार्यसम्पादनको समीक्षा गरिएको थियो।

सुरक्षा चुनौती र अवस्था विश्लेषण गर्दै बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउन, र राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार व्यवस्थित गर्न जिल्लास्तरका सुरक्षा समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

सरकारले यसअघि नै जनशक्ति परिचालन, निगरानी प्रविधि र सुरक्षा संयन्त्र सुदृढ गर्ने तयारी अघि बढाइसकेको छ, जसले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय