Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

वीरगन्जमा गुरुकुल कमर्श एकेडेमी सञ्चालनमा, साढे चार लाखमा सीए अध्ययन

spot_img

वीरगन्ज,०८ माघ । चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि वीरगन्जमै सुविधा उपलब्ध गराउँदै गुरुकुल कमर्श एकेडेमी (गुरुकुल सीए कलेज) सञ्चालनमा आएको छ। वीरगन्ज महानगरपालिका–१३, श्रीपुरमा रहेको यो कलेज बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

गुरुकुल सीए कलेजका संस्थापक निर्देशक मुकुल भट्टका अनुसार वीरगन्ज शाखा कलेजको छैटौँ शाखा हो। यसअघि काठमाडौँका बागबजार र नयाँ बानेश्वर, चितवनको भरतपुर, मोरङको विराटनगर तथा रुपन्देहीको तिलोत्तमामा कलेजका शाखाहरू सञ्चालनमा छन्।

नेपालमा सीए अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै आएको गुरुकुल सीए कलेज नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट मान्यता प्राप्त शिक्षण संस्था रहेको भट्टले जानकारी दिए। पर्सा, बारा, रौतहटलगायत मधेस क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै वीरगन्जमा शाखा विस्तार गरिएको उनले बताए।

कलेजले सीएको प्याकेज अध्ययनका लागि ४ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। काठमाडौँ वा भारतका सहरमा गएर सीए पढ्न आर्थिक तथा अन्य कारणले असमर्थ विद्यार्थीहरूका लागि यो कलेज प्रभावकारी विकल्प हुने विश्वास कलेजले लिएको छ।

गुरुकुल कमर्श एकेडेमीमा अनुभवी तथा दक्ष शिक्षकहरूको टोलीसँगै विद्यार्थीमैत्री र प्रभावकारी व्यवस्थापन प्रणाली रहेको संस्थापक निर्देशक भट्टले बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय