Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बीरगन्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि, ६ महिनामै ४८ अर्ब रुपैयाँको स्वदेशी वस्तु बाहिरियो

spot_img

बीरगन्ज,०८ माघ । मुलुकको प्रमुख व्यापारिक नाका बीरगन्जबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा हुने निर्यातमा उल्लेख्य सुधार देखिएको छ। बीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा ४८ अर्ब १० करोड रुपैयाँ बराबरका स्वदेशी वस्तु विदेशी बजारमा निर्यात भएका छन्।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो छ महिनामा बीरगन्ज नाकाबाट ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार निर्यातमा देखिएको यो वृद्धि मुलुकको वैदेशिक व्यापार सन्तुलनका लागि सकारात्मक संकेत हो। उनका अनुसार बीरगन्ज नाकाबाट निर्यात हुने वस्तुहरूमा प्रशोधित खाद्य तेलको हिस्सा सबैभन्दा बढी रहेको छ। तथ्याङ्कअनुसार छ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। यसका साथै ३ अर्ब ५५ करोड रुपैयाँको सूर्यमुखी तेल र २ अर्ब २५ करोड रुपैयाँ बराबरको पाम तेल पनि विदेश पठाइएको छ।

खाद्य सामग्रीसँगै औद्योगिक उत्पादनको निर्यातमा पनि बीरगन्ज नाका सक्रिय देखिएको छ। यस अवधिमा ३ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरको फलफूलको जुस तथा १ अर्ब ७८ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडाहरू निर्यात भएका छन्। कच्चा पदार्थ आयात गरी नेपालमै प्रशोधन गरेर पुनः निर्यात गरिने वस्तुको अन्तर्राष्ट्रिय माग बढेसँगै बीरगन्ज नाकाबाट हुने व्यापारिक गतिविधि थप बढेको भन्सार कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय