Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जेनजी आन्दोलनको आडमा अपराध गर्नेहरूलाई कानुनी कारबाही हुन्छ : ओली

spot_img

काठमाडौँ,०८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड तथा लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न जो–कोही पनि कानुनी कारबाहीको दायरामा आउने स्पष्ट गरेका छन्।

बिहीबार झापाको दमक–८ स्थित नेकपाका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै अध्यक्ष ओलीले अराजक गतिविधि कुनै पनि बहानामा स्वीकार्य नहुने बताए। उनले भने, “आन्दोलनको नाममा हुने अपराधको आयु लामो हुँदैन। दोषीमाथि कानूनअनुसार कारबाही हुन्छ।”

आगजनीपछि सामान्य मर्मत गरेर घरमै बसोबास गरिरहेका नेता पुरीलाई आश्वस्त पार्दै ओलीले उजुरी–निवेदनसहित कानुनी प्रक्रिया अगाडि बढाउन सुझाव दिए। उनले राज्यले शान्ति र कानूनी शासन कायम गर्न आवश्यक कदम चाल्ने पनि बताए।

यस क्रममा नेता पुरीले घटनासँग सम्बन्धित सबै प्रमाण सङ्कलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार आगजनी र तोडफोडका क्रममा घरभित्रका सामान जलाइएको, सम्पत्ति लुटिएको र घरमा व्यापक क्षति पुर्‍याइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय