Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

चेकजाँचका क्रममा सात किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

spot_img

सर्लाही,०८ माघ । सर्लाही प्रहरीले लागुऔषध कारोबार नियन्त्रण गर्ने क्रममा सात किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा गरिएको नियमित सवारी चेकजाँचका क्रममा ७ किलो ८०० ग्राम गाँजा बरामद भएको हो। भारतीय नम्बरप्लेटको बीआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेपछि रोकेर खानतलासी गर्दा अवैध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सरोज राईका अनुसार पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका छन्। उनीहरूले रातो प्लास्टिकमा पोको पारेर गाँजालाई मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइरहेका थिए।

प्रहरीले गाँजासहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ। उनीहरूविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय