काठमाडौं,०८ माघ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पौडेलले यो कदम उठाएका हुन्। उनका राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकबारे सूचना जारी गरेका थिए।
स्रोतका अनुसार, नयाँ नेतृत्व चयनपछि शुक्रबार पहिलोपटक केन्द्रीय कार्यालयमा बैठक बस्दैछ र बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अपेक्षा गरिएको छ।



