काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन आयोगमा विभिन्न उम्मेदवारविरुद्ध परेका उजुरीहरूमध्ये पाँच जनामाथि उजुरी परेकोमा तीनवटा उजुरी खारेज भइसकेका छन्।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेको उजुरी पनि आयोगले अस्वीकृत गरेको छ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको उजुरी पनि खारेज भएको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन्।
तर, सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका रास्वपाका लालविक्रम थापाविरुद्ध परेको उजुरीबारे भने निर्वाचन आयोगले अझै छलफल गरिरहेको छ।



