Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको ईशा बिल्ड मार्टले मनायो दोस्रो वार्षिकोत्सव

spot_img

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। एकै स्थानमा सम्पूर्ण निर्माण सामग्री उपलब्ध गराउने सेवाका कारण ईशा बिल्ड मार्ट वीरगञ्जकै एक मात्र यस्तो बिल्डिङ्ग मार्टका रूपमा परिचित हुँदै आएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भने दिप प्रज्वलन पछि केक काट्ने समारोह सम्पन्न गरिएको थियो।

कार्यक्रमका क्रममा संस्थाको प्रगति र सफलतामा उल्लेखनीय योगदान पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गर्दै व्यवस्थापनले उनीहरूको मेहनत र समर्पणप्रति आभार व्यक्त गर्‍यो। दुई वर्षको अवधिमा ग्राहकहरूको विश्वास र कर्मचारीहरूको निरन्तर प्रयासकै कारण ईशा बिल्ड मार्ट निर्माण सामग्रीको क्षेत्रमा विश्वासिलो नाम बन्न सफल भएको व्यवस्थापनको भनाइ थियो

यसै अवसरमा ईशा बिल्ड मार्टले सिल्कवेयर धाराको नयाँ शृङ्खला पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, दीर्घकालीन प्रयोग र उच्च गुणस्तरयुक्त यी धाराहरूले ग्राहकहरूलाई थप सुविधा र विकल्प प्रदान गर्ने विश्वास गरिएको छ।

ईशा बिल्ड मार्टले हार्डवेयर, सेनेटरी, टाइल्स, इलेक्ट्रिकल तथा अन्य आवश्यक निर्माण सामग्रीहरू एकै छानामुनि उपलब्ध गराउँदै आएको छ। समयको बचत, उचित मूल्य र गुणस्तरीय सेवाका कारण यो मार्ट वीरगञ्ज तथा आसपासका ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको छ।

व्यवस्थापन पक्षले आगामी दिनमा पनि गुणस्तरीय सामग्री, आधुनिक सेवा प्रणाली र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै सेवाको दायरा अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय