spot_img

राष्ट्रियसभा सदस्य निर्वाचन आज, सातै प्रदेशमा मतदान हुँदै

spot_img
spot_img

काठमाडाै,११ माघ ।  राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज सातै प्रदेशमा मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ र त्यसका लागि सबै तयारी पूरा भइसकेको छ।

कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली कांग्रेसका सुनिलबहादुर थापा उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो।

मतदानका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, र बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ।

यसैगरी, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराहीको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढीको प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने व्यवस्था गरिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय