spot_img

देशको निकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता आवश्यकः डा. सिके राउत

spot_img
spot_img

जनकपुर,११ माघ ।  जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्रको अवधारणा र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताएका छन्।

प्रेस जनमत सङ्घद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले आगामी निर्वाचनलाई लक्षित गरी पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा देखिएका संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको जानकारी दिए।

उनले सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न जनमत पार्टीले ‘नयाँ गणतन्त्र’को एजेन्डा अघि सारेको उल्लेख गर्दै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गरेमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबी गरे।

“देश अहिले बहुआयामिक सङ्कटमा छ। संविधानमाथि नै आघात पुगिरहेको अवस्था छ, त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ,” अध्यक्ष राउतले भने।

प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा उनले मधेससहित सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने जनमत पार्टीको धारणा रहेको बताए।

पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रम अघि बढाइए पनि प्रदेशलाई पूर्ण स्वायत्तता नदिइएसम्म समस्या समाधान नहुने स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय