spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि ३९ दिन बाँकी, उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक

spot_img
spot_img

काठमाडौं,११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ३९ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।

निर्वाचन आयोगका अनुसार कानुनी प्रावधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारले पेश गरेका विवरण आयोगले सार्वजनिक गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१०) अनुसार उम्मेदवारले मनोनयनपत्रसँगै बुझाएका वैयक्तिक विवरणहरू सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारको विवरण सार्वजनिक गर्नु आवश्यक रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोगको वेबसाइटमार्फत विवरण प्रकाशित गरिएको बताए।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको थियो।

दर्ता भएका उम्मेदवारमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा एक जना अन्य लिङ्गका उम्मेदवार रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय