spot_img

मधेस प्रदेशमा राष्ट्रियसभा चुनावः अहिलेसम्म १६३ मत खसे

spot_img
spot_img

जनकपुर,११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभाका चार रिक्त पदका लागि मतदान प्रक्रिया जारी छ। बिहान ९ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म १६३ मत खसेको छ।

निर्वाचन समितिका अनुसार प्रदेशसभातर्फ ५५ मत खसिसकेको छ भने स्थानीय तहका प्रतिनिधिबाट १०८ मत प्रयोग भएको छ। मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

मधेस प्रदेशबाट राष्ट्रियसभामा चार जना सदस्य चयन गर्न कुल ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदान प्रक्रिया तोकिएको समयसम्म जारी रहनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय