spot_img

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

spot_img
spot_img

काठमाडौं,११ माघ  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाका माग र मुद्दा सम्बोधन गर्न आफूले लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएको बताएका छन्।

युवासँग भएको अन्तर्क्रियामा उनले जेन–जी आन्दोलन अघि नै पार्टीभित्र युवाको प्रतिनिधित्व सुनिश्चित गर्न पहल गर्दै आएको उल्लेख गरे। कुनै पनि परिस्थितिमा सुशासनका पक्षमा उभिने प्रतिबद्धता जनाउँदै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’ अभियानमा सक्रिय रहेको बताए।

“युवाका माग र मुद्दामा मैले कुनै कञ्जुस्याइँ गरिन,” उनले भने।

डा. कोइरालाले युवालाई राज्य संरचना र नीति निर्माण तहमा सहभागी गराउन स्पष्ट संरचना आवश्यक रहेको बताउँदै युवालाई तीन तहमा विभाजन गरी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अवधारणा अघि सारेको स्मरण गराए। उनका अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको सहभागिता हुन सके मात्र युवालाई स्वदेशमै अवसर दिन सकिन्छ।

युवालाई प्राथमिकतामा राखेरै कांग्रेसको चौधौं महाधिवेशनमा नेतृत्व तहमा युवालाई जिताउन भूमिका खेलेको दाबी गर्दै उनले भने, “देशको विकाससँगै जनतामा आशा जगाउन युवालाई नै पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्छ भन्ने सोचका साथ अघि बढेको हुँ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय