Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

निर्वाचन प्रचारमा राष्ट्रिय झण्डा प्रयोग सीमित, उल्लङ्घन गरे कारबाही हुने आयोगको चेतावनी

spot_img

काठमाडौँ,११ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोगलाई लिएर उठेको आलोचनापछि निर्वाचन आयोगले यससम्बन्धी प्रावधान स्पष्ट पारेको छ। आयोगले चुनावी गतिविधिमा राष्ट्रिय झण्डाको प्रयोग कडाइका साथ सीमित गरिएको जनाएको छ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार वा राजनीतिक दलले चुनावी प्रचारका क्रममा आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, घरदैलो अभियान वा कुनै पनि किसिमको र्‍यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने व्यवस्था छ। तोकिएको संख्याभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन हुने र त्यस्तो अवस्थामा कानुनी कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल र सडक प्रदर्शनका क्रममा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग भइरहेको गुनासो बढेपछि आयोगले यो प्रस्टोक्ति दिएको हो। आयोगका अनुसार सार्वजनिक कार्यक्रमबाहेक अन्य सामान्य प्रचारप्रसार सामग्री—जस्तै पोस्टर, ब्यानर, पर्चा वा अनलाइन सामग्रीमा—राष्ट्रिय झण्डाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ।

निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्दै राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी निर्धारित सीमा र नियम कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय