spot_img

कतारमा मधेश प्रदेश समन्वय समितिको अध्यक्षमा कलाम खान निर्वाचित

spot_img
spot_img

काठमाडौँ,११ माघ । कतारमा मधेश प्रदेश समन्वय समितिको अध्यक्षमा कलाम खान निर्वाचित भएका छन् । दोहामा सम्पन्न समितिको दोस्रो अधिवेशनले खानलाई निर्वाचित गरेको हो । यो समितिले दोहामा स्थापना भएको मधेश प्रदेशको जिल्लागत संस्थालाई समन्वय गर्ने गरेको छ । कतारमा सबैभन्दा बढी नेपाली मधेश प्रदेशका छन् ।

समितिको उपाध्यक्ष दुर्गानन्द पासवान, मोहम्मद आजाद मन्सुरी, रमेश साह र दीपेन्द्रकुमार महरा रहेका छन् । महासचिवमा इसिलाल पण्डित, सचिवहरू जीवन न्यौपाने, शम्भुप्रसाद यादव, प्रमोदकुमार राम, सुलेमान मियाँ र मोहम्मद इन्तिसार आलम रहेका छन् । सह–कोषाध्यक्षमा रामजित कामत केवट चयन भएका छन्।

कार्यसमिति सदस्यहरू लक्ष्मण साह, विदुर बर्तौला, धर्मेन्द्र राउत कुर्मी, कमला परियार, अलि हैदर नदाफ, मोहम्मद रेजा कवारी, नाजिर नदाफ, रामनन्द राम, सोहेल खान, रमजान हुसैन, अमताज हुसैन, नैन भुजेल, मोहम्मद मजिद र मोहम्मद जाबिर सिद्धकी रहेका छन् । मोहम्मद अमिरुल राइन सदस्य तथा युवा संयोजकका रूपमा चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई परिषद्का संरक्षक अध्यक्ष मोहम्मद शकिर अलिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्व सम्पन्न अधिवेशनलाई उद्घाटन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीले कतारको कानुनले सामाजिक संस्थाभित्रको राजनीतिक गतिविधिलाई नकारात्मक रूपमा बुझ्ने भएकाले राजनीति गर्न चाहनेले नेपालमै गएर गर्न सुझाव दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय