spot_img

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सकियो, आदेश प्रतीक्षामा

spot_img
spot_img

काठमाडौँ,११ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा रिटमाथि सुनुवाइ सकिए पनि आदेश भने आउन बाँकी छ। प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन पत्र निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।

टीकापुर घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भइसकेको आधारमा निर्वाचन आयोगले चौधरीको उम्मेदवारी अस्वीकार गरेको थियो। आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गरिएको उनको उम्मेदवारी बिहीबार खारेज गरेको हो।

अब सर्वोच्च अदालतको आदेशले चौधरीको उम्मेदवारीको भविष्य तय गर्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय