काठमाडौं,११ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलतर्फ उड्न लागेको टर्किस एयरलाइन्सको विमान उडानअघि नै रनवेबाट फर्काइएको छ।
उडान नम्बर टीके–७२७ तालिकाअनुसार दिउँसो १२ः३५ बजे उड्ने तयारीमा थियो र विमान उडानका लागि रनवेमा दौडिन थालिसकेको थियो। यही क्रममा विमानमा प्राविधिक समस्या भएको संकेत प्राप्त भएपछि उडान तत्काल रोक्दै जहाजलाई सुरक्षित रूपमा पार्किङ क्षेत्रमा फर्काइएको हो।
विमानस्थल स्रोतका अनुसार यात्रु र चालकदलको सुरक्षालाई ध्यानमा राख्दै सावधानीका रूपमा यस्तो निर्णय गरिएको हो। आवश्यक प्राविधिक जाँच पूरा गरेपछि मात्र विमान पुनः उडानमा लगाइने जानकारी दिइएको छ।



