Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि तुरुन्तै कारबाही गर्न सकिन्छ, आदेश कुर्नु पर्दैन : गृहमन्त्री अर्याल

spot_img

काठमाडौं,११ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, मिथ्या सूचना र कानुनविपरीत सामग्री फैलाउनेहरूलाई कारबाही गर्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने स्पष्ट निर्देशन दिएका छन्।

आइतबार गृहमन्त्री अर्यालसहितको सरकारी टोलीले नेपाल प्रहरीको साइबर ब्युरो र हनुमानढोकामा अवस्थित पुरानो काठमाडौं प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेको थियो। उक्त टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेलगायत सहभागी थिए।

भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयमा भएको अवलोकन क्रममा गृहमन्त्री अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र स्वच्छ बनाउन साइबर ब्युरोको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए। उनले सामाजिक सञ्जालमार्फत फैलाइने तथ्यहीन, भ्रामक तथा अमर्यादित सामग्रीको सूक्ष्म निगरानी गर्दै अवैधानिक र दर्ताबिनै सञ्चालित प्लेटफर्ममाथि कडाइका साथ नियमन गर्न निर्देशन दिए।

साइबर ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालबाट ब्युरोले प्रदान गर्दै आएको नियमित र विशेष सेवाबारे जानकारी लिँदै गृहमन्त्रीले निर्वाचनको समयमा ब्युरो अझ सक्रिय, स्वचालित र तदारुक भएर काम गर्नुपर्नेमा जोड दिए। सामाजिक सद्भाव बिगार्ने कुनै पनि पोस्ट, सामग्री वा सूचना तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सकिने उनले स्पष्ट पारे।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृहमन्त्री अर्यालले तथ्यपरकता नपुगेका र समाजमा भ्रम सिर्जना गर्ने पोस्ट गर्ने व्यक्ति, संस्था वा समूहलाई साइबर ब्युरोले स्वतः अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन्।

अवलोकनको क्रममै गृहमन्त्री अर्यालले नेपाल प्रहरीको पुलिस क्लब पुगेर त्यहाँ राखिएका पुरातात्विक महत्वका मूर्तिहरूको समेत अवलोकन गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय