spot_img

उज्यालो नेपाल पार्टीलाई थप बलियो बनाउँदै रोशन अधिकारी प्रवेश

spot_img
spot_img

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। आइतबार पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।

अधिकारिले राष्ट्रिय स्वतन्त्र पार्टी जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित भएको आरोप लगाउँदै “जनताको वास्तविक मुद्दा उठाउन त्यो पार्टी असफल छ” भने। उनले सामाजिक सञ्जाल मात्रमा राजनीति हुने नभई जनतासँगै गएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले उज्यालो नेपाल पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टी अध्यक्ष घिसिङले भने, “उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्छ। इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिताले देश परिवर्तनमा मद्दत पुग्छ।” अधिकारीको प्रवेशले पार्टीलाई थप सशक्त बनाउने विश्वास समेत व्यक्त गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय