Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी छापा, करिब ३० लाखको अवैध सामान बरामद

spot_img

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३० लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

आइतबार साँझ करिब ५:३० बजे वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले पसलमा छापा मारेको हो। प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा गएको टोलीले भन्सार छली ल्याइएका हुन सक्ने चिनियाँ, भारतीय तथा विभिन्न घरेलु प्रयोजनका सामानहरू नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार ती सामानहरू अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा छापा मारिएको हो। प्रारम्भिक मूल्याङ्कन अनुसार बरामद सामानहरूको बजार मूल्य करिब २५ लाखदेखि ३० लाख रुपैयाँ बराबर रहेको छ।

हाल बरामद सबै सामानहरू वडा प्रहरी कार्यालय बिर्ताको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आवश्यक कागजात प्रस्तुत हुन नसके कानुनी प्रक्रिया अघि बढाइने र सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने प्रहरीले जानकारी दिएको छ।

यस घटनाले वीरगञ्ज क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागिरहेको संकेत दिएको स्थानीयवासीहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय