Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

जग्गा कारोबारमा भ्रष्टाचार आरोपः कलैयाका तत्कालीन वडा अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

spot_img

कलैया,१२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिद–बिक्रीमा सरकारी राजस्व हिनामिना गरेको अभियोगमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार घर र पक्की बाटो रहेको जग्गालाई “बाटो नभएको तथा खाली जग्गा” भनी गलत सिफारिस तथा प्रमाणित गरी सरकारलाई प्राप्त हुने राजस्व छलिएको पुष्टि भएपछि आइतबार आरोपपत्र दायर गरिएको हो।

मुद्दा दायर गरिएकामा तत्कालीन वडा अध्यक्ष जलालुदिन मन्सुर, तत्कालीन वडा सचिव रघुप्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र खरिदकर्ता हिरालाल प्रसाद रहेका छन्। अख्तियारले वडा अध्यक्ष मन्सुर र सचिव गोढीविरुद्ध जनही ६ लाख ९४ हजार ६ सय ५१ रुपैयाँ ४५ पैसाको बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी गरेको छ।

अनुसन्धानका क्रममा साविक भतौडा गाविस (हाल कलैया–२०) अन्तर्गत कित्ता नम्बर २८८ र २९० को जग्गा बिक्री गर्दा चरम बदनियत देखिएको आयोगले जनाएको छ। हुलाकी राजमार्गसँग जोडिएको, पक्की घर तथा कम्पाउन्डसहितको उक्त जग्गालाई वडा कार्यालयले “कुनै किसिमको बाटो तथा घर नभएको” भनी गलत सिफारिस गरेको पाइएको छ।

आर्थिक वर्ष २०७४/७५ को न्यूनतम मूल्यांकन अनुसार उक्त जग्गाको वास्तविक मूल्य ९९ लाख ४८ हजार ९२१ रुपैयाँ रहेको र सरकारले ८ लाख २४ हजार ७०१ रुपैयाँ राजस्व पाउनुपर्ने देखिएको थियो। तर प्रतिवादीहरूको मिलेमतोमा जग्गाको मूल्य केवल ५ लाख ५० हजार रुपैयाँ कायम गरी १ लाख ३० हजार ५० रुपैयाँ मात्रै राजस्व दाखिला गरिएको आयोगले जनाएको छ। यसरी ६ लाख ९४ हजार ६ सय ५१ रुपैयाँ राजस्व हिनामिना भएको ठहर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्तियारले जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई मुख्य कसुरदारको मतियारको रूपमा ३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी सजाय माग गरेको छ भने खरिदकर्ता हिरालाल प्रसादविरुद्ध ३ लाख १७ हजार ६ सय ५१ रुपैयाँ ४० पैसा बिगो कायम गरिएको छ।

नापी कार्यालयको फिल्ड प्रतिवेदन तथा कलैया उपमहानगरपालिकासँग भएको पत्राचारबाट उक्त जग्गामा पक्की संरचना र पिच सडक रहेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय