Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

बीरगन्जमा अपाङ्गता खेलकुद विकासमा सहकार्य आवश्यक

spot_img

बीरगन्ज,१२ माघ । अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद विकासमा सरोकारवालाको भूमिकाबारे अन्तरक्रियात्मक कार्यक्रम बीरगन्जमा सम्पन्न भएको छ। नेत्रहीन क्रिकेट संघ नेपाल र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा बीरगन्जस्थित होटल गेटवेमा कार्यक्रम सम्पन्न भएको हो।

नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षेत्रमा देखिएका चुनौती, अवसर र स्थानीय तहको भूमिकाबारे गहन छलफल भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिका–४ का अध्यक्ष जगत साह कानुले अपाङ्गता भएका खेलाडीहरूको प्रोत्साहनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विशिष्ट अतिथि एवं नेपाल इनोभेटिभ सोसाइटी बीरगन्जका अध्यक्ष कमल चौगाईले भने, “अपाङ्गता कमजोरी होइन, फरक क्षमता हो। सही सहयोग, खेल पूर्वाधार र प्रोत्साहनमूलक नीति भएमा अपाङ्गता भएका खेलाडीहरूले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि देशको नाम उजागर गर्न सक्छन्।” उनले यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा प्रयास आवश्यक भएको जोड दिएका छन्।

कार्यक्रम सञ्चालनकर्ता मधेस प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह कानु तथा समाजसेवी रूप शिला जैसवालसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले अपाङ्गता मैत्री खेल मैदानको अभाव, सीमित बजेट र नीति कमीका कारण प्रतिभाशाली खेलाडीहरू ओझेलमा परेको अनुभव बाँडे।

आयोजकको भनाइ अनुसार यो कार्यक्रमले आगामी दिनमा अपाङ्गता खेलकुदको विकासका लागि सरोकारवालाबीच बलियो सहकार्य र प्रतिबद्धता निर्माण गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय