Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सप्तरीमा १०२ उम्मेदवार, दलबाट मात्र सात महिला चुनावी मैदानमा

spot_img

सप्तरी,१२ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १०२ उम्मेदवार दर्ता भएका छन्, जसमा सात जना महिलाले राजनीतिक दलको टिकट पाएका छन्। बाँकी १३ महिला स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा छन्।

क्षेत्र–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा चौधरी र नागरिक उन्नमुक्ति पार्टीकी टिका लक्ष्मी चौधरी, क्षेत्र–२ बाट नेपाल जनता पार्टीकी पूर्व सांसद रञ्जु कुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीकी निलम कुमारी यादव, क्षेत्र–४ बाट नेपाली कम्युनिष्ट पार्टीकी रुबी कुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालकी बबि सिंह यादव र आम जनता पार्टीकी अनिता कुमारी चौधरी उम्मेदवार छन्। क्षेत्र–३ मा राजनीतिक दलबाट कुनै महिला उम्मेदवार छैनन्।

स्वतन्त्र उम्मेदवारका रूपमा क्षेत्र–१ बाट राम कुमारी खङ्ग, रिजवाना खातुन र उम्दा देवी सदा; क्षेत्र–२ बाट अम्बिका देवी साफी, शुशिला कुमारी साह र साधना दास; क्षेत्र–३ बाट कौशल कुमारी चौधरी, रजियादेवी सदा, सरिता कुमारी यादव र कोशीला देवी पासमान; र क्षेत्र–४ बाट प्रेम कुमारी महरा चुनावी मैदानमा छन्।

मधेशी आयोगका सदस्य आभासेतु सिंहले दलबाट महिला उम्मेदवार कम हुनु सरकारी नीतिको कमजोरी भएको बताए। उनले भने, “सरकारले प्रत्यक्षतर्फ महिला लागि आरक्षित सिट घोषणा नगरेसम्म राजनीतिक दलले प्राथमिकतामा महिला नबनाउँछन्। महिलासँग आर्थिक अभाव, आत्मविश्वासको कमी र दलभित्र प्राथमिकता नहुनु मुख्य कारण हो।”

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले पनि महिला प्राथमिकतामा नपर्नु समावेशी र दलको सिद्धान्तअनुकूल नभएको उल्लेख गर्नुभयो। उनका अनुसार राजनीतिक दलभित्र व्यक्तिवादी सोच हावी भएको कारण प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाइएको हो।

सप्तरीमा २०४८ पछि भएको प्रतिनिधिसभा निर्वाचनमा २०५६ र २०६४ मा मात्र मधेशी जनाधिकार फोरम नेपाल (हाल जसपा नेपाल)का नेता रेणु यादवले महिला प्रतिनिधित्व कायम गरेका थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चारवटै क्षेत्रमा कुल ४,४६,४०२ मतदाता छन्, जसमा महिला मतदाताको संख्या २,१३,२८३ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय