Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

मधेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवार विजयी

spot_img

जनकपुरधाम,१२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्‍तर्गत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

खुलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् जसपा नेपालका संरक्षक महन्थ ठाकुर, महिलातर्फ नेकपा (एमाले) का रेखा झा, दलिततर्फ नेपाली कांग्रेसका धमेन्द्र पासवान र अपाङ्ग भएका व्यक्ति/अल्पसंख्यक समुहतर्फ नेपाली कांग्रेसका रंजित कर्ण विजयी भएको छ।

खुलातर्फ लोसपा नेपालका ठाकुर सात हजार ७२५ मतभारसहित विजयी हुनुभयो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मण पौडेलले एक हजार ८०५. मतभार प्राप्त गर्नुभएको छ। त्यसैगरी, महिलातर्फ एमालेका झा सात हजार २२२ मतभार प्राप्त गरी विजयी भयाे । उनकाे निकटतम प्रतिस्पर्धी नेकपाका सम्मी अग्रवालले एक हजार ९४४ मतभार प्राप्त गरे।

दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतभार प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजारीले एक हजार ३७६ मतभार प्राप्त गरे । अपाङ्गता भएका व्यक्ति/अल्पसंख्यक समुहतर्फ कांग्रेसका कर्णले आठ हजार ९३ मतभार प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मतभार प्राप्त गरेका छन् ।

विजय उम्मेदवारलाई निर्वाचन अधिकृत सुभाष बाबु पुरीले मतपरिणाम सुनाउँदै विजय भएको घोषणा सहित प्रमाणपत्र प्रदान गरेको छ। आज मधेश प्रदेशको राजधानी जनकपुधामको श्री महेन्द्र नारायण नीधि मिथिला सांस्कृतिक केन्द्रमा सम्पन्न भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्य र २४२ जना विभिन्न पालिकाका प्रमुख, उपप्रमुख गरी ३ सय ४१ जनाले मतदान गरेको छ।

मधेश प्रदेश सभाका एक सय प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी २६४ जना गरी जम्मा ३६४ जना मतदाता रहेकोमा एक जना प्रदेशसभा सदस्य र २२ जना विभिन्न पलिकाका प्रमुख, उपप्रमुख गरी जम्मा २३ जना मतदाता अनुपस्थित रहेको निर्वाचन कार्यालय मधेश प्रदेशका सुचना अधिकारी कृष्ण प्रसाद राउतले जानकारी दिए ।

प्रदेशसभा तर्फ नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्य एवम् मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी अनुपस्थित रहेको छ। त्यसै गरी जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहसहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख गरी २२ जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय