Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नवलपरासीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

spot_img

नवलपरासी,१२ माघ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार नेपाल नमुना माध्यमिक विद्यालय, केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत चार वर्षीया सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन्।

प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा भएको दुर्घटनामा बारा जिल्ला कलैया उपमहानगरपालिका–६ स्थायी ठेगाना भई हाल देवचुली नगरपालिका–१४ छत्तिसघरेमा बसोबास गर्दै आएकी बिबु पासवानकी छोरी घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय