spot_img

हेटौँडा सडक विस्तार विवाद : सर्वोच्चमा आज सुनुवाइ

spot_img
spot_img

काठमाडौँ,१२ माघ । हेटौँडा बजार क्षेत्रको सडक विस्तारलाई लिएर दायर भएको विवादसम्बन्धी रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

रास्वपा नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको उक्त रिट यसअघि छ पटकसम्म ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। सडक विस्तारको प्रक्रिया अघि बढेपछि सम्पत्ति अधिकार सुरक्षित गरिनुपर्ने र उचित मुआब्जा उपलब्ध गराउनुपर्ने मागसहित स्थानीयवासीहरूले गत मङ्सिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरलगायत सरकारी निकायलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

यसअघि मङ्सिर २६ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। सोही दिन न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले थप अनुसन्धानका लागि ‘मिसिल झिकाउने आदेश’ पनि जारी गरेको थियो।

हेटौँडाको सडक विस्तार परियोजनाले स्थानीय बासिन्दाको घर–जग्गामा प्रत्यक्ष असर पार्ने भन्दै यो मुद्दा कानुनी र सार्वजनिक चासोको विषय बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय