spot_img

‘पहिला गोली चल्यो, त्यसपछि सिंहदरबार जलेको हो’ : सुदन गुरुङ

spot_img
spot_img

काठमाडौँ,१२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ बाट प्रतिनिधिसभा उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिले सुरक्षाकर्मीबाट गोली चलेको र त्यसपछि मात्रै सिंहदरबारमा आगजनी भएको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै गुरुङले तत्कालीन सरकारले आन्दोलनरत युवामाथि गोली प्रहार गरेपछि घटनाले उग्र रूप लिएको बताएका हुन्। उनका अनुसार प्रारम्भमा प्रदर्शनकारीहरू मारिएका वा घाइते भएका र त्यसपछि मात्र संरचनामा आगलागी भएको हो।

गुरुङले फेसबुकमा लेखेका छन्, “गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हुन्, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्।” उनले उक्त टिप्पणी चेतावनीको शैलीमा प्रस्तुत गरेका छन्।

उनको यो अभिव्यक्तिपछि जेनजी आन्दोलनको घटनाक्रम र त्यसको जिम्मेवारीबारे पुनः बहस सुरु भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय