झापा,१२ माघ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बिहान मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको र पार्टी स्रोतले जानकारी दिएको छ।
दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो अभियान पाणिनि स्कूल हुँदै देवसिंह टोल, नौभाइ चोक, बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै समापन गरिएको थियो।



