Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

मंगलबारदेखि वर्षा र हिमपातकाे सम्भावना

spot_img

काठमाडौं,१२ माघ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने चेतावनी दिएको छ ।

सोमबार मुलुकका अधिकांश भागमा मौसम सामान्यतया सफा रहे पनि मंगलबारदेखि पश्चिमी वायुको नयाँ प्रणाली प्रवेश गर्ने भएकाले त्यसको प्रभावले वर्षा र हिमपातको शृङ्खला सुरु हुने देखिएको हो । सोमबार रातिदेखि नै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपात वा वर्षाको प्रारम्भिक संकेत देखिने महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसोबाट पश्चिमी वायुको प्रभाव अझ सशक्त बन्दै जाँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको दायरा बढ्नेछ भने पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । मंगलबार राति यो प्रणाली थप सक्रिय भई लुम्बिनीसहितका क्षेत्रमा मध्यम वर्षा र हिमपात गराउने देखिएको छ । तराईका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र लुम्बिनीका कतिपय ठाउँमा चट्याङ पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

बुधबार भने यो मौसम प्रणाली देशभर फैलिएर पूर्ण रूपमा सक्रिय हुने प्रक्षेपण गरिएको छ । उक्त दिन देशभर साधारणतया बदली भई सबै उच्च पहाडी तथा हिमाली भेगका धेरैजसो स्थानमा मध्यम हिमपात हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । बुधबार रातिबाट मात्र यो प्रणाली कमजोर हुँदै जाने र कोशी तथा बागमतीका केही हिमाली भेगमा फाट्टफुट्ट हिमपातबाहेक अन्यत्र मौसममा क्रमिक सुधार आउने महाशाखाले उल्लेख गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय