Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

पर्सामा म्यादी प्रहरीको कोटाभन्दा दोब्बर आवेदन, परीक्षा अन्तिम नतिजा प्रकाशित गर्ने तयारी

spot_img

वीरगञ्ज, १२ माघ | म्यादी प्रहरीका लागि पर्सामा २ हजार ८ सय ५२ पदका लागि १० हजार ४ सय ७७ जनाले आवेदन दिएका छन्। संख्या अघिल्लो पटकको तुलनामा केही कम भए पनि यस पटक म्यादी प्रहरीका लागि उल्लेखनीय रूपमा आवेदन परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै रूपमा आवेदन संकलन गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल १३ नम्बर गणमार्फत म्यादी प्रहरी भर्नाका लागि आवेदन लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्लाका लागि नेपाल प्रहरीतर्फ २ हजार ४ सय ६७ जनालाई म्यादी प्रहरीमा भर्ना गर्न भनिएकोमा त्यसको दोब्बरभन्दा बढी, अर्थात् ५ हजार ३ सय ९९ जनाले आवेदन दिएका छन्।

त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले दिएको जानकारीअनुसार संगठनले म्यादी प्रहरीका लागि पर्सामा ३ सय ८५ जनाको कोटा छुट्याएको थियो। तर उक्त कोटाका लागि ५ हजार ७८ जनाले आवेदन दिएका छन्।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका अनुसार प्राप्त आवेदनमाथि छानबिन गरी शारीरिक परीक्षा समेत सम्पन्न भइसकेको छ र सम्भवतः आज–भोलिमै नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ।

म्यादी भर्नाका लागि आवेदन दिएका केही युवाहरूले भनसुनका आधारमा नियम मिचेर भर्ना भइरहेको आरोप लगाएका छन्। तर स्थानीय प्रशासनले यस्ता आरोपहरू निराधार रहेको दाबी गरेको छ।

आवेदकहरूले सिफारिसका आधारमा छनोट समिति परीक्षार्थी चयन गरिरहेको आरोप लगाएका छन्। निर्वाचनमा सहभागी भएका नेताहरूले आफ्ना आसेपासेलाई छनोट गरिदिन प्रहरीलाई दबाब दिएको समेत बताइएको छ।

तर जिल्ला प्रहरी कार्यालय पर्साले भने कुनै किसिमको दबाब नआएको र प्रक्रिया अनुसार नै छनोट गरिने स्पष्ट पारेको छ। यस पटक म्यादी प्रहरी छनोटका लागि पर्साका सहायक जिल्ला अधिकारीको नेतृत्वमा छनोट उपसमिति गठन गरिएको छ।

उक्त उपसमितिमा पर्साका प्रहरी उपरीक्षक, अनुसन्धान प्रहरी कार्यालय पर्साका प्रमुख, वीरगञ्जस्थित सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक, श्रीजङ्ग गणका गणपति लगायतका पदाधिकारीहरू रहेका छन्। नियमअनुसार आवश्यक मापदण्ड पूरा गरेका उम्मेदवारलाई म्यादी प्रहरीमा छनोट गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

निर्वाचनमा खटिने म्यादी प्रहरीहरूले नेपाल प्रहरीका जवानको प्रारम्भिक तलब स्केल सरह प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्म कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्।

त्यसैगरी निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाउने सरहको दररेट अनुसार ४० दिनको खाद्यान्न वापतको रकम व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ।

निर्वाचन अवधिमा गाडी भाडाबापत एकमुष्ट ८ सय ४६ रुपैयाँ र चार दिनको खाजा खर्चबापत १ हजार २ सय रुपैयाँ उपलब्ध गराइनेछ। प्रहरी प्रधान कार्यालयबाट तोकिएअनुसारको दररेटमा पोसाक भत्ताको रकम समेत प्रदान गरिनेछ। सबै रकम व्यक्तिगत बैंक खातामै उपलब्ध गराइनेछ।

कर्तव्य पालनका क्रममा घाइते भएमा सम्बन्धित व्यक्तिले र मृत्यु भएमा निजका नजिकका हकदारले नेपाल सरकारद्वारा तोकिए बमोजिमको क्षतिपूर्ति पाउने व्यवस्था छ। कुनै कारणवश करार अवधि पूरा हुनुअघि नै सेवा छाड्नुपरेमा २० दिन वा सोभन्दा बढी काम गरेको भए काम गरेको अवधिसम्मको सेवा सुविधा पाउनेछन्।

नियुक्ति प्रक्रियामै रहेको अवस्थामा वा नियुक्ति भइसकेपछि पनि निर्वाचन स्थगित वा रद्द भएमा त्यस्तो नियुक्ति स्वतः रद्द हुने प्रावधान रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय