Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बीरगन्जमा ३० लाख मूल्य बराबरको अवैध खुद्रा सामान बरामद

spot_img

बीरगन्ज,१२ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली अवैध रूपमा भण्डारण गरिएको करिब ३० लाख मूल्य बराबरको स्टेसनरी तथा खुद्रा सामान बरामद गरेको छ।

विशेष सूचनाका आधारमा माघ ११ गते राति करिब ८:०० बजे बीरगन्ज महानगरपालिका वडा नं. ७, रेल्वे सडकखण्डस्थित गोदाममा प्रहरी टोलीले छापा मारेको थियो। बरामद गरिएको गोदाम विकाश गोयलले सञ्चालन गरेको र बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बी. ट्रेडिङको रहेको प्रहरीले जनाएको छ।

बरामद सामानहरूमा पेन्सिल, इरेजर, कटर, रबर, तास, टेप, बेलुन, लाइटर, जिभिया, गुच्चा लगायतका विभिन्न खुद्रा सामान समावेश छन्।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले कानुनी प्रक्रिया पूरा गरी ती सामानहरू नियन्त्रणमा लिएको छ। बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी प्रवक्ता नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय