spot_img

गफले होइन, श्रमले देश बन्छ : हर्क साम्पाङ

spot_img
spot_img

काठमाडाैं,१२ माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमबिनाको विकास असम्भव हुने बताएका छन् ।

तनहुँको आँबुखैरेनीमा आयोजित स्थानीय भेटघाट कार्यक्रममा बोल्दै उनले भाषण र आश्वासनले मात्रै मुलुक नबन्ने स्पष्ट पारे। अध्यक्ष साम्पाङले देशमा श्रमलाई हेप्ने र गफलाई प्राथमिकता दिने संस्कार मौलाउँदै गएको भन्दै त्यसले विकासमा बाधा पुगेको टिप्पणी गरे । “काम नगरेर देश बनेको छैन ।

तर हामीकहाँ काम गर्ने मानिसलाई अपमान र गफ गर्ने व्यक्तिलाई सम्मान गर्ने प्रवृत्ति छ,” उनले भने, “यो सोच बदलेन भने देश अगाडि बढ्दैन।” उनले आफ्नो पार्टीले श्रमलाई नारामा नभई व्यवहारमै लागू गरेको दाबी गर्दै सबै नागरिकलाई उत्पादनशील काममा जोड्नुपर्ने आवश्यकता औँल्याए । श्रममा आधारित राजनीति नै देश आत्मनिर्भर बनाउने आधार भएको उनको भनाइ थियो ।

देशमा बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान हुन नसक्नुको मुख्य कारण श्रमप्रति अरुचि रहेको उल्लेख गर्दै साम्पाङले युवाशक्ति कामबाट टाढिँदा ठूलो संख्यामा विदेश पलायन हुन बाध्य भएको बताए । अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र विकास सम्भव नहुने भन्दै आफ्नै श्रम र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । “विदेशीले आएर हाम्रो देश बनाइदिँदैनन् । देश आफैँले बनाउनुपर्छ,” उनले भने, “श्रमलाई केन्द्रमा राखेर अघि बढ्दा मात्रै देश समृद्ध हुन्छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय