Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

आयात प्रतिस्थापन गर्दै आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन अर्थमन्त्रीको जोड

spot_img

काठमाडौँ,१२ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आयातमा निर्भर उपभोगलाई क्रमशः आन्तरिक उत्पादनमार्फत प्रतिस्थापन गर्न आवश्यक रहेको बताएका छन् ।

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले आन्तरिक उत्पादन वृद्धि नगरी आर्थिक सुधार सम्भव नहुने स्पष्ट पारे । आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको उल्लेख गर्दै उनले त्यसलाई ऐन–कानुनमार्फत नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक उत्पादन प्रवर्द्धन हुने गरी स्पष्ट नीति निर्माण आवश्यक रहेको बताउँदै अर्थमन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र नयाँ भन्सार नियमावली शीघ्र ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । निजी क्षेत्रका केही मागहरू क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्दै सुधारका सुरुवाती चरणमा आलोचना आउनु स्वभाविक भए पनि सुधार प्रक्रिया निरन्तर जारी रहने उनले बताए ।

तराईका जिल्लामा लागूऔषध दुव्र्यसनीको समस्या बढ्दै गएको प्रसङ्ग उठाउँदै अर्थमन्त्री खनालले नेपालमा आयात गर्न प्रतिबन्धित वस्तुहरू कसरी भित्रिरहेका छन् भन्ने विषयमा गम्भीर प्रश्न उठाए । अन्तर्राष्ट्रिय भन्सार दिवसकै अवसर पारेर उत्पत्तिको प्रमाणपत्र अब राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र, क्युआर कोडसहित अनलाइन जारी गर्ने व्यवस्था लागू गरिएको जानकारी दिइयो ।

कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार कार्यालयहरूबीच मूल्याङ्कनमा देखिएको असमानता हटाउन अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन आवश्यक रहेको बताए । भन्सार प्रशासनको मुख्य उद्देश्य राजस्व सङ्कलन मात्र नभई व्यापार सहजीकरण भएको उल्लेख गर्दै पारदर्शी र सरल सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

महालेखानियन्त्रक शोभाकान्त पौडेलले भन्सार प्रशासन डर वा प्रलोभनमा नचली निष्पक्ष रूपमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे । सहज र छरितो सेवाले व्यापार लागत घटाउने भएकाले अवैध आयात नियन्त्रणमा भन्सारको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नयाँ भन्सार ऐन कार्यान्वयनमा आइसकेको र भन्सार डाटाबेस प्रणाली लागु भइसकेको जानकारी दिए । भन्सार प्रशासन व्यापार सहजीकरण, सीमा सुरक्षा र आपूर्ति शृङ्खला व्यवस्थापनमा महत्वपूर्ण निकाय भएको उनको भनाइ छ ।

लोकसेवा आयोगका सचिव रामेश्वर दङ्गालले कारोबार मूल्यका आधारमा भन्सार मूल्याङ्कन गर्ने व्यवस्था सकारात्मक भएको बताए । भन्सार प्रशासन क्रमशः स्वचालित, पारदर्शी र प्रविधिमैत्री बन्दै गएको उनले उल्लेख गरे ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार सुधार तथा आधुनिकीकरण योजनाले राजस्व सङ्कलन, व्यापार सहजीकरण र सूचना प्रविधिको प्रयोगमा सकारात्मक परिणाम ल्याएको बताए । अनलाइन कस्टम भ्यालुएसन डाटाबेस प्रणाली देशभरका भन्सार कार्यालयमा लागू भइसकेको उल्लेख गर्दै उनले यसले व्यापार लागत घटाउने र वैध व्यापार प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय